× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पूर्वप्रधानमन्त्री तथा जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. भट्टराई अस्पताल भर्ना

    ३ वर्ष पहिले

    काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।

    उनी भारतको दिल्लस्थित यकृत एवं वित्त विज्ञान संस्थानमा उपचारका लागि भर्ना भएका हुन्।

    डा. भट्टराईका प्रेस सल्लाहकार तथा जसपा नेता विश्वदिप पाण्डेले बिहान ९ बजे भर्ना भएको उल्लेख गरेका छन्।

    आज दिनभर भट्टराई अस्पतालमा हुनेछन्। त्यहाँ उनको स्वास्थ्य परीक्षण हुने पाण्डले बताएका छन्।

    पेटमा समस्या देखिएपछि उनी केहीदिन अगाडि भारत गएका थिए। उनका साथमा पत्नी हिसिला यमी पनि छिन्।