× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    जुलुसकै आधारमा फैसला गर्ने हो भने न्यायालय किन चाहियो?-सभापति देउवा

    ३ वर्ष पहिले

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सडकमा जुलुस लगाएर न्याय नपाइने हुँदा अदालतको फैसला पर्खन आग्रह गरेका छन्।

    बिहीबार पोखरामा नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशस्तरीय सम्मेलन उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले जसले जे भने पनि आफ्नो पार्टीलाई अदालतको फैसला स्वीकार्य हुने बताएका हुन्।

    ‘सडकमा जुलुस ल्याएर न्याय पाइँदैन, हामीसित जुलुस निकाल्न, आन्दोलन गर्न पैसा पनि छैन, उनले भने, ‘जुलुसकै आधारमा फैसला गर्ने हो भने न्यायालय किन चाहियो? जुलुसमा कति मान्छे आए भनेर हुन्छ?’

    उनले जुलुसका आधारमा न्याय नपाइने भन्दै उनले आन्दोलन गर्नका लागि आफूहरुसँग पैसा समेत नभएको बताए। उनले त्यत्तिकै आन्दोलनमा बोलाउँदा कोही पनि नआउने बताए।

    उनले अहिले क्रियाशील सदस्यताका लागि मारामार भए पनि आन्दोलनमा आउन भनेर बोलाउने हो भने सदस्यता दिनेहरु नै नआउने बताए। ‘क्रियाशील सदस्यता लिने बेलामा मारामार हुन्छ, भोलि आन्दोलनमा क्रियाशील मात्र आऊ न भन्यो भने कोही पनि आउँदैनन्’, उनले भने।