× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    ३ वर्ष पहिले

    माघ-२२, काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-६ ईमाडोल बस्ने ५५ वर्षीय मणि कुमार थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    थापाले घर जग्गाको काम गर्ने सिलसिलामा विभिन्न ब्यक्तिहरुसँग रकम लिई सो बापत विभिन्न बैंकको चेक काटिदिने र सो पश्चात बैंकमा पैसा जम्मा नगरी सम्पर्क बिहिन हुने गरेको भन्ने सूचना आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले थापालाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।

    थप अनुसन्धानको क्रममा थापा महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी बृत सातदोबाटोमा बैंकिङ् कसुर मुद्दामा समेत फरार रहेको खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

    उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।