× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    हत्यामा संलग्न ७ जना अभियुक्त पक्राउ

    ३ वर्ष पहिले

    माघ-२१, बाँके । नेपालगंज उपमहानगरपालिका-१८ घर भई राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा सहायक सुचक पदमा कार्यरत २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न ७ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा नेपालगंज उपमहानगरपालिका-१८ लग्दहवा ठेगाना भएका कर्की भन्ने २४ वर्षीय दिनेश कुमार कुर्मि (बर्मा), सोही ठाउँ बस्ने सुर्खेत गुर्भाकोट नगरपालिका-१४ गुमि घर भएका १९ वर्षीय निश्चल गुरूङ, नेपालगंज उपमहानगरपालिका-४ बसपार्क डेरा गरी बस्ने जाजरकोट जुनिचाँदे गाउँपालिका-७ घर भएका तेज मगर भन्ने २१ वर्षीय तेज बहादुर बिएम, नेपालगंज उपमहानगरपालिका-६ फुलटेक्रा बस्ने १७ वर्षीय किशोर, नेपालगंज महानगरपालिका-५ बसपार्क ठेगाना भएका १६ वर्षीय किशोर, नेपालगंज उपमहानगरपालिका-४ गणेशपुर बस्ने राप्ति सोनारी गाउँपालिका-१ कुसुम घर भएका १७ वर्षीय किशोर र नेपालगंज उपमहानगरपालिका-२ घरबारीटोल बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० घर भएका १६ वर्षीय किशोर रहेका छन् ।

    अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगंजमा कार्यरत प्रविण गत माघ २ गते नेपालगंज उपमहानगरपालिका-१८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेको थियो।

    घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।