× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • कृषि

    उद्योगपति बिनोद चौधरीले चितवनमा “गरी खाने” परियोजना संचालन गर्ने ।

    ३ वर्ष पहिले

    माघ १७, चुम्लिङ । नेपाली कांग्रेस लगानी, पूर्बाधार, रोजगारी समितिको आयोजना र स्टेप संस्थाको संयोजकत्वमा उद्यमशिलता र बित्तिय साक्षरता सम्बन्धि गरी खाने अभिमुखीकरण कार्यक्रम शुक्रबार चितवनको चुम्लिङ्गमा सम्पन्न भएको छ ।

    बरिष्ठ शिक्षाबिद् एबं लगानी, पूर्बाधार, रोजगार समितिका सह–संयोजक उमेश श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रमा प्रमुख अतिथिको रुपमा सो समितिका संयोजक एबं सुप्रसिद्ध उद्योगपति बिनोद चौधरीले राजनीतिमा उद्यमशिलतालाई सम्मान र संरक्षण गर्न आत्मनिर्भर आर्थिक अभियानको रुपमा गरी खाने अभियान संचालन गरी उद्यमी निर्माणको लागि ग्रास रुट सम्म सहयात्रा र साँझेदारीको मोडेलमा कार्य गर्ने बताउनु भयो साथै नमूना परियोजनाको रुपमा ईच्छाकामना गा.पा.बाट काम प्रारम्भ गर्ने घोषणा गर्नु भयो ।


    कर्मभूमि समाज नेपालका सिईओ राजु नेपाल र राष्ट्रिय योजना आयोगका पूर्ब उपाध्यक्ष प्रा. डा. गोबिन्द प्रसाद पोख्रेलले सहभागीहरुलाई आफ्नो बिषयगत प्रस्तुति दिएका थिए ।

    बिशिष्ट अतिथिको रुपमा बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता माननीय ईन्द्र बहादुर बानियाले राजनीतिलाई उद्यमशिलता सँग जोडी कार्यकर्ताहरुलाई आर्थिक रुपमा सबल र सक्षम बनाउने महान् यात्राको रुपमा यो अभियानलाई अघि बढाएको बताउदै राजनीतिलाई फरक ढँगबाट परिचालित गर्नुपर्न बताउनु भयो।

    मन्तब्यको क्रममा ईच्छाकामना गापाका अध्यक्ष गीता कुमारी गुरुङले चितवनको बिकट र दुर्गम स्थानीय तहको रुपमा रहेको ईच्छाकामना गाउँपालिकामा आफ्नो नेतृत्वको यो तीन बर्षको कार्यकालमा उल्लेखनीय प्रगति र परिबर्तन गरेको बताउदै गरी खाने अभियानलाई सशक्त ढंगबाट हातेमालो गरी अघि बढने कुरा बताए ।

    त्यस्तै नेपाली काँग्रेस ईच्छाकामनाका सभापति एबं गाउपालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठले बेरोजगार यूवाहरुलाई वडा–वडामा बिना पूर्बाग्रह पक्षपात नगरी खोजी खोजी उद्यम गर्न गाउपालिकाले आवश्यक सहयोग गर्ने बताउए ।


    आफूले गरेका उद्यमका बारेमा अनुभबजन्य धाराणा राख्नेहरुमा साना किसान कृषि सहकारी संस्था कुरिनटारका अध्यक्ष एबं नेपाल कृषि सहकारी संघ चितवनको अध्यक्ष नर बहादुर नेपाल, किसान हरि नेपाल, पर्यटन ब्यबसायी बासुदेव ढुंगाना, केरा र कागती खेतीका अगुवा किसान प्रतिनिधिहरु रहेका थिए ।


    सभा बिसर्जनको क्रममा कार्यक्रमका सभापति उमेश श्रेष्ठले उद्यमशिलताको निम्ति चितवन उर्बर र आकर्षक स्थल भएकोले आफूले आर्जित सम्पत्तिको ५०५ अंश कोष खडा गरी बिपन्न र पिछडिएको बर्गहरुलाई लक्षित गरिएको उद्यमशिलता बिकासको लागि ब्यक्तिगतरुपमा पनि सहयोग गर्ने घोषणा गर्नुभयो ।

    चुम्लिङटार स्थित सिदार्थ रिसोर्टमा सम्पन्न सो कार्यक्रमा स्थानीय किसान, संघ संस्थाका प्रनिनिधि र राजनीतिक दलका कार्यकर्ताहरु समेत गरी ३०० जनाको सहभागिता रहेको थियो।

    बिचौलिया बिनाको बजार प्रणाली बिकासको निम्ति कार्यरत कम्यूनिटी कन्सोर्टियम प्लेटफर्म वान फ्याम्ली वान फार्म कार्यक्रमलाई स्टेप, कर्मभूमि समाज नेपाल र ईच्छाकामना गाउँपालिकाको त्रिपक्षीय साँझेदारीमा संचालन गरिने तयारी भएको कुरा सो कार्यक्रमका संचालक एबं वान फ्याम्ली वान फार्म परियोजनाका संयोजक राम बहादुर लामाले जानकारी दिनुभयो ।

    बेरोजगारी हटाई समाजमा उद्यमशिलता बिकासको निम्ति कार्यान्बयनमा ल्याएको यस गरी खाने अभियानले यूवा बर्गमा उर्जा र शक्ति प्राप्त हुने कुरामा सहभागी प्रतिनिधित्व गर्दै मुक्ति कुमार श्रेष्ठले बताउएका थिए ।