× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २३२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९७.९७ प्रतिशत

    ४ वर्ष पहिले

    माघ-१०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ३२ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको छ ।

    २४ घण्टामा ३ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २० लाख ३८ हजार ८ सय ४२ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ३ सय ८६ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६३ हजार ७ सय ३४ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९७.९७ रहेको छ ।

    मन्त्रालयका अनुसार कोरोनाबाट थप ८ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ९४ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ४ सय ५२ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा १ सय ४७ जना रहेको छ ।