× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    “आन्दोलनको आधी बेहरीले कम्यूनिष्ट सरकारको प्रतिगमनलाई करेक्सन गर्नेछ” – प्रदेश सांसद गीता बाग्ले।

    ४ वर्ष पहिले


    मुग्लिङ। नेपाली कांग्रेस केन्द्रिय कार्यक्रम अनुसार सबै स्थानीय तहमा एकसाथ नेकपा ओली सरकारको गैर संबैधानिक र अलोकतान्त्रिक कदमक बिरुद्ध आयोजना गरिएको बिरोध सभा चितवनको एकमात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाको मुग्लिङ बजारमा सम्पन्न भयो।

    नेपाली कांग्रेस ईच्छाकामना गाउँपालिकाका सभापति एबं गाउँपालिकाका उपाध्यक्ष कीर्ति कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न सो बिरोध सभामा प्रमुख अतिथिको रुपमा बाग्मती प्रदेश सांसद एबं नेपाली कांग्रेसका महिला नेतृ माननीय गीता वाग्लेले यो कम्यूनिष्टको खोल ओडेका कमाउनिष्टहरुको घोर अलोकतान्त्रिक कदमका बिरुद्ध नेपाली कांग्रेस प्रतिनिधि सभा पुर्नस्थापना नभए सम्म आन्दोलनका कार्यक्रमहरुलाई झन सघन र सशक्त बनाएर अगाडि बढने बताउनु भयो।

    चितवनको सात वटा स्थानीय तह मध्य एकमात्र स्थानीय तह ईच्छाकामना गाउँपालिकामा नेपाली कांग्रेसलाई निर्बाचित गरेर नेपाली कांग्रेसको गौरब र ईच्जतलाई जोगाई राख्न सफल हुनु भएका ईच्छाकामना गापाका मतदाता र पार्टीका स्थानीय

    नेताहरुलाई धन्यबाद ब्यक्त गर्दे सांसद बाग्लेले ईच्छाकामना गाउँपालिकाको बिकास र प्रगतिको लागि आफूले प्रमुख प्राथमिकता दिएर साथ दिने प्रतिबद्धता पनि ब्यक्त गर्नु भयो।

    त्यस्तै अर्का अतिथि प्रदेश सांसद मिलनबाबु श्रेष्ठले नेपाली कांग्रेस कसैको पुच्छर बनेर पछि नलाग्ने बताउदै गौरबमय ईतिहास र जनमत भएको नेपाली कांग्रेस पार्टी आफ्नै सुस्पष्ट मार्गचित्रका साथ नेपाली जनताको चाहना बमोजिम अघि बढने बताउनु भयो।

    बिरोध सभामा आफ्ना मनतब्य ब्यक्त गर्ने अन्य बक्ताहरुमा नेपाली कांग्रेसका यूवा नेता एबं प्रखर बक्ता पूर्ब महासमिति सदस्य राम बहादुर लामा, महासमिति सदस्य एबं गापा अध्यक्ष गीता कुमारी गुरुङ, जिल्ला सचिव राजिब न्यौपाने,

    क्षेत्रिय सभापति भरत लामिछाने, महासमिति सदस्य दीर्घमान श्रेष्ठ, महाधिबेशन प्रतिनिधि एबं दलित नेता बिपिन रामुदामु, ईच्छाकामना गापाक प्रबक्ता साबित्री गुरुङ, क्षेत्रिय सदस्य साबित्री पुडासैनी, वडा सभापति राजेन्द्र त्रिपाठी लगायत हुनुहुन्थ्यो।

    गगनभेदी नाराका साथ हजारौको संख्यामा इच्छाकामना गाउँपालिकाको ७ वटै वडाबाट सहभागी भएका कार्यकर्ताहरुको जुलुसले बजार ¥याली गरी बिरोध सभामा सम्मिलित भएका थिए।

    सोही कार्यक्रममा लामो समय देखि बामपन्थी आन्दोलनमा सरिक रहेर कार्य गरेका नेकपाका स्थानीय नेता राम कृष्ण कँडेलको नेतृत्वमा २९ जना कार्यकर्ताहरुलाई प्रमुख अतिथि प्रदेश सांसद एबं नेका महिला नेतृ गीता वाग्ले र नेका सभापति कीर्ति कुमार श्रेष्ठले अबिर र खादा लगाई नेपाली कांग्रेस पार्टीमा प्रबेश गराएका थिए ।