× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    ६२ जना बोकेको इन्डोनेशियाली विमान वेपत्ता

    ४ वर्ष पहिले

    इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको बोइङ विमान वेपत्ता भएको छ।

    श्रीविजय एयरको उक्त विमान पोन्टियानका लागि उडान भरेको थियो। यातायात मन्त्रालयका प्रवक्ता आदिता इरावतीले विमान हराएको बताएका छन्।

    विमानमा ५६ यात्रु रहेको बताइएको छ। जसमा ७ बालबालिका र ६ जना चालक दलका सदस्य रहेका छन्। २७ वर्ष पुरानो बोइङ ७३७-५०० नामको विमान करिब १० हजार फिट माथी उडेपछि बेपत्ता भएको सरकारी अधिकारीले जनाएका छन्।

    प्रारम्भिक डाटाले विमान सिधा झरेको देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विमान जाकार्ताबाट पोन्टियानाकका लागि उडेको थियो । ९० मिनेटको यात्रा रहेको उक्त उडान भर्दा सुकार्नो हाट्टा विमानस्थमा पानी परिरहेको थियो ।

    विमान पानीमा खसेको विषय पनि बाहिर आएको छ । यसको आधिकारिक पुष्टि भएको छैन ।