× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    १४ जना नक्कली परीक्षार्थी पक्राउ

    ४ वर्ष पहिले

    पुस -१९, सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको फेला परेको खबर सम्बन्धित परीक्षा केन्द्रबाट प्राप्त हुनासाथ खटिएको स्थानीय प्रहरीले सुनसरीबाट ८ जना, जुम्लाबाट २ जना र सुर्खेतबाट ४ जना गरी १४ जनालाई पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।