× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ४२६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९६.९६ प्रतिशत

    ४ वर्ष पहिले

    पौष १७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय २६ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।

    २४ घण्टामा ५ हजार २ सय २५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १९ लाख ३७ हजार ७ सय २ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ७ सय ४८ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९६.९६ रहेको छ ।

    मन्त्रालयका अनुसार कोरोनाबाट थप ८ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ६४ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४८ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ३ सय ६७ जना रहेको छ ।