× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ५३४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९६.८३ प्रतिशत

    ४ वर्ष पहिले

    पौष १६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ३४ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ ।

    २४ घण्टामा ६ हजार जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १९ लाख ३२ हजार ४ सय ७७ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ४ सय ४७ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९६.८३ रहेको छ ।