× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ७४३ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९६.३ प्रतिशत

    ४ वर्ष पहिले

    पौष ८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ४३ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ ।

    २४ घण्टामा ६ हजार ५ सय ५९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १८ लाख ७० हजार ८ सय ३० जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १५ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ४ हजार १ सय १९ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ३ सय ९६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ९ सय ५२ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९६.३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ५ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ३ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ४ सय ९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ४८ जना र भेन्टिलेटरमा ५० जनाको उपचार भईरहेको छ ।