× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    ऐतिहासिक रुपमा आदिवासी महिला नेतृ डेब हाल्याण्ड अमेरिकी आन्तरिक मामिला मन्त्रीका रूपमा मनोनीत

    ४ वर्ष पहिले

    अमेरिकी राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले आफ्नो मन्त्रिमण्डललाई अत्यधिक समावेशी र महिलामैत्री बनाउने क्रममा आन्तरिक मामिला मन्त्रीका रुपमा ऐतिहासिक रुपमा आदिवासी अमेरिकी महिला नेतृ तथा सांसद डेब हाल्याण्डलाई मनोनित गरेका छन् ।

    बाइडेनले घोषणाा गरेअनुसार हाल्याण्डको नाम सिनेटबाट अनुमोदन भएमा सो मन्त्रालयको जिम्मेवारी सम्हाल्ने उनी पहिलो नेटिभ (आदिवासी) अमेरिकी हुने छिन् । आदिवासी अमेरिकी सम्बन्धी मुद्दामा सो मन्त्रालयको भूमिका महत्वपूर्ण रहन्छ भने सार्वजनिक जमिनको व्यवस्थापन तथा सुरक्षाको मामिला पनि सोही मन्त्रालयले हेर्नेछ ।

    सिनेटबाट अनुमोदित भएमा उनी मन्त्री पदमा पुग्ने पहिलो आदिवासी अमेरिकी महिला बन्ने भएकी छिन् ।

    मनोनित भएपछि उनले जलवायु परिवर्तन सम्बन्धी मुद्दाहरु सम्बोधनका लागि आन्तरिक मामिला मन्त्रालयको भूमिका महत्वपूर्ण हुने र त्यसको जिम्मेवारी पाउँदा सम्मानित महसुस गरेको प्रतिक्रिया दिएकी छिन् ।

    उमेरले ६० कटेकी उनी लागुना पुएब्लो समुदायकी प्रतिनिधि हुन् । सन् २०१८ मा तल्लो सदनको सांसदका रुपमा निर्वाचित भएकी उनी ती दुई सांसदमा पर्छिन् जो आदिवासी महिलाका तर्फबाट सांसदमा पहिलोपटक निर्वाचित भए ।