× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १०४४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९४.३९ प्रतिशत

    ४ वर्ष पहिले

    मंसिर २६,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४४ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ ।

    २४ घण्टामा ७ हजार ४ सय १४ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १८ लाख २० हजार ६ सय १८ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ७१ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९४.३९ रहेको छ ।

    मन्त्रालयका अनुसार कोरोनाबाट थप ११ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ७४ पुगेको छ ।हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ४८ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ५ सय १९ जना रहेको छ ।