× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १४९० जना कोरोना भाइरस संक्रमित थपिए,थप ९ जनाको मृत्यु

    ४ वर्ष पहिले

    मंसिर-१७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९० जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ३६ हजार द्द सय ४६ पुगेको छ ।

    २४ घण्टामा ८ हजार ३ सय जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १७ लाख ५४ हजार ६ सय ३० जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ९ सय ९ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १३ हजार ६ सय १२ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ हजार ६ सय १६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार ५ सय ४७ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९२.३ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ९ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ३८ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ६ सय ५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ६५ जना र भेन्टिलेटरमा ६४ जनाको उपचार भईरहेको छ ।