× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १२५५ जना कोरोना भाइरस संक्रमित थपिए,थप २५ जनाको मृत्युु

    ४ वर्ष पहिले

    मंसिर-१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ५५ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।


    २४ घण्टामा ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १७ लाख २७ हजार ८ सय ३६ जनाको पिसिआर भएको जनाईएको छ ।


    देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ९ सय ९ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १३ हजार ६ सय १२ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ हजार ६ सय १६ रहेको छ ।


    पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९१.६ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप २५ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।


    हाल क्वारेन्टिनमा ६ सय ३२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ६१ जना र भेन्टिलेटरमा ५३ जनाको उपचार भईरहेको छ ।