× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १७०३ जना कोरोना भाइरस संक्रमित थपिए,थप २३ जनाको मृत्यु

    ४ वर्ष पहिले

    मंसिर १२,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।
    २४ घण्टामा १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १७ लाख १० हजार ४ सय ६० जनाको पिसिआर भएको जनाईएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ३६ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख १० हजार ६ सय ७१ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९१.८५ रहेको छ ।
    मन्त्रालयका अनुसार कोरोनाबाट थप २३ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ३५ पुगेको छ ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २ सय ३७ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ६ सय १ जना रहेको छ ।