× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    विश्वभरीका क्रिश्चियनहरुको प्रमुख पोपले इन्स्टाग्राम खाताबाट लाईक गरेकी मोडल भईन भाइरल

    ४ वर्ष पहिले

    विश्वभर चर्चित क्रिश्चियन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसले मन पराएकी मोडल रातारात भाइरल भएकी छिन् । पोपको इन्स्टाग्राम खाताबाट ब्राजिलियन मोडलको हट फोटो लाईक गरेपछिको उनी थप चर्चामा आएकी छिन् । यो बीचमा भ्याटिकनले यो कसरी भयो भनेर इन्स्टाग्रामलाई प्रश्न गरेका समाचार आउँन थालेका छन् ।

    भ्याटिकनले यस सम्बन्धमा इन्स्टाग्रामबाट स्पष्टीकरण मागेको छ । उक्त रिपोर्टका अनुसार भ्याटिकनमा यसको अनुसन्धान सुरु भएको छ । आखिर कसरी ब्राजिलकी मोडलको फोटोलाई पोप फ्रान्सिसको इन्स्टाग्रामबाट लाइक गरियो ? यो कुरा सबैलाई जानकारी छ कि पोप फ्रान्सिसको इन्स्टाग्राम खाता उनी स्वंयमले चलाउँदैनन् ।

    अहिले अडकल लगाए अनुसार पोपको सामाजिक सञ्जाल हेर्ने टीमबाट यस्तो गल्ती भएको हुनसक्ने अनुमान गरिएको छ । जसमा धेरै व्यक्तिहरू छन् । यस घटनाले सिंगो विश्वमा तहल्का मच्चाएको छ । अनुसन्धान अझै खुलाइएको छैन ।

    २७ वर्षिय बिकिनी मोडल र सोशल मिडिया प्रभावकर्ता नतालिया गारीबोटोले अक्टुबर १ मा उनको इन्स्टाग्राममा स्कूलको छोटो मिनिस्कट पोशाक पहिरिएको फोटो पोष्ट गरेकि थिइन।नोभेम्बर १३ मा, ब्राजिलियन मोडलको फोटोमा पोपको खाताबाट पनि लाइक गरेको देखाइएको थियो । जानकारी पछि तत्काल अनलाइक पनि गरिएको छ ।

    पोप फ्रान्सिसको भ्याटिकन सिटीमा रहेको क्याथोलिक चर्चका २६६औं पोपको रूपमा १३ मार्च २०१३मा निर्वाचित भएका हुन् ।उनीको पुरा नाम जर्ज मारियो बर्गोग्लियो हो ।

    उक्त पदमा निर्वाचित भएपछि हाल उनी चर्चको प्रमुख तथा विश्वको सबैभन्दा सानो राष्ट्र भ्याटिकन सिटीको शासकसमेत रहेका छन् । विश्वभरीका क्रिश्चियनहरुले उनलाई प्रमुख पोप मान्छन् ।न्युर्योक टाईमबाट