× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बागमती प्रदेश सरकारले गर्‍यो महत्वपूर्ण निर्णय,क्यान्सरका बिरामीलाई ५० हजार अनुदान

    ४ वर्ष पहिले

    मंसिर -११,बागमती प्रदेशको मन्त्रिरिषद बैठकले महत्वपूर्ण तीन निर्णयहरु गरेका छन् ।

    मन्त्रिरिषद बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक कारोबार एवम् प्रशासन सञ्चालन कार्यविधिलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

    हेटौडामा स्थापना गरिएको उक्त प्रतिष्ठानको आर्थिक कारोबार एवम् प्रशासन सञ्चालन कार्यविधिलाई स्वीकृत गर्ने निर्णय गरेको हो ।

    हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारकै महत्वपूर्ण मानिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक कारोबारको कार्यविधि स्वीकृत गरिएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो । ‘यो योजना जनताको पक्षमा गरिएको महत्वपूर्ण निर्णय हो’, उहाँले भन्नुभयो,‘स्वास्थ्य क्षेत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएपछि प्रदेशवासीलाई ठूलो फाइदा हुन्छ ।’

    प्रवक्ता ढुंगेलले प्रदेशमा स्थायी बसोबास गरेकामध्ये गम्भीर प्रकृतिको क्यान्सर रोगका बिरामीलाई थप उपचारका लागि प्रदेश सरकारका तर्फबाट ५० हजार अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो ।

    प्रदेश सरकारले संघीय सरकारले गम्भीर प्रकृतिका क्यान्सरका बिरामीलाई एक लाख रुपैयाँ दिदै आएको छ ।

    त्यसैगरी बैठकले प्रदेशमा यातायात व्यवस्था अन्तर्गत विद्युतीय बस सञ्चालन लगायत अन्य सवारीसाधन सञ्चालन कार्यविधि, २०७७ लाई पनि स्वीकृति प्रदान गरेको जानकारी दिनुभयो ।