× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन बजारमा पहिलोपटक हर्षोल्लासका साथ छठ पर्व मनाउदै ।

    ४ वर्ष पहिले

    मंसिर ५, चितवन । आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर हर्षोल्लासका साथ मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज मुख्य दिन हो । भोली बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुने गर्दछ ।

    लामो समयदेखि बसोबास गर्दै आएका भारतीय तथा तराइमूलका बासिन्दाहरुले पहिलो पटक मुगि्लन बजारमा छठ पर्व मनाएका छन् । मुगि्लन बजारको पवित्र धार्मिक स्थल महादेव स्थानमा छठघाटको निर्माण गरी सयौँको संख्यामा सहभागि भक्तजनहरुले अस्पताउदो सूर्यलाई अर्घ दिएर छठ मनाएका हुन् ।

    यस वर्ष कोरोना भाइरसका कारण ठूलो संख्यामा मान्छेहरु भेला नहुन सरकारले गरेको आग्रह र भारतीय नाका बन्द भएका कारण पनि विभिन्न ठाउँहरुमा पुगेर छठ पर्व मनाएको छठ पर्वमा सहभागी नारायण गुप्ताले बताउनुभयो। आजको दिन उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन अस्ताउँदो सूर्यलाई अर्घ दिन नदी किनारमा जाने गर्छन् । रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेको छ । बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले भोली उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व समापन गरिन्छ ।

    छठ पर्व मनाएमा मनोकांक्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।