× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    बिहार मा बीजेपी र नीतीश कुमार गठबन्धनको बहुमत, आरजेडी बने सबैभन्दा भन्दा ठूलो पार्टी

    ४ वर्ष पहिले

    भारतको बिहार प्रदेशमा भएको विधानसभा निर्वाचनमा मुख्यमन्त्री नितिश कुमार नेतृत्वको एनडीए गठबन्धनले बहुमत हात पारेको छ ।

    मंगलवार अबेर राति सार्वजनिक अन्तिम मतपरिणाम अनुसार सत्तारुढ एनडीए गठबन्धनले १२५ सिट जितेको छ । सरकार बनाउन १२२ सिट मात्रै आवश्यक पर्छ । बिहारमा २४३ विधानसभा सिटमा निर्वाचन भएको थियो ।

    निर्वाचनमा विपक्षी नेता तेजस्बी यादव नेतृत्वको महागठबन्धन ११० सिटमै सीमित भयो । यादवको दल राष्ट्रिय जनता दल (आरजेडी) ७५ सिटका साथ पहिलो पार्टी बनेपनि सरकार बनाउन बहुमत ल्याउन सकेन ।

    प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (बीजेपी) ७४ सिटका साथ दोस्रो पार्टी बनेको छ । सन् २०१५ को निर्वाचनमा ५३ सिट मात्रै ल्याएको बीजेपी यसपालि चम्किएको छ । एनडीए गठबन्धनका नेतृत्वकर्ता नितिश कुमारको पार्टी जनता दल युनाइटेड (जेडीयू) भने ४३ सिटमै सीमित भएको छ । २०१५ को निर्वाचनमा जेडीयूले ७१ सिट जितेको थियो ।सो गठबन्धनका विकासशील इंसान पार्टी (VIP) ले ४ सिट र हिंदुस्तानी अवाम मोर्चा (HAM) ले ४ सिट जितेको छ।

    विपक्षी महागठबंधन तर्फ निर्वाचनमा भारतीय कांग्रेसले १९ सिट जितेको छ । कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई) ले २ सिट, सीपीआई (मार्क्सवादी) ले २ सिट, सीपीआई (मार्क्सवादी लेलिनवादी) ले १२ सिट जितेको छ । २०१५ को निर्वाचनमा सीपीआई (मार्क्सवादी लेलिनवादी) ले मात्रै ३ सिट जितेको थियो । त्यसैगरी एआईएमआईएम ले ५ सिट, लोजपा (LJP) एवं बसपा (BSP) ने एक-एक सिट जितेको छ ।एक सिटमा चाहिँ निर्दलीय उम्मीदवार जीत्न सफल भएको छ ।

    एनडीए गठबन्धनबाट नितिश कुमार मुख्यमन्त्रीको रूपमा प्रचार गरिएकाले उनी सातौं पटक पुनः मुख्यमन्त्री बन्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नितिश लामो समयदेखि बिहारको सत्ता सम्हाल्दै आएका छन् ।