× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २५७१ जना कोरोना भाइरस संक्रमित थपिए,थप १८ जनाको मृत्यु

    ४ वर्ष पहिले

    कार्तिक २४,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय ७१ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।
    २४ घण्टामा ११ हजार १ सय ७७ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १५ लाख ५१ हजार २ सय ५४ जनाको पिसिआर भएको जनाईएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय ९८ जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८१.०६ रहेको छ ।
    मन्त्रालयका अनुसार कोरोनाबाट थप १८ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ७४ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ९ सय ६७ जना रहेको छ ।