× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३११४ जना कोरोना भाइरस संक्रमित थपिए, मृत्यु हुनेको संख्या १००४ पुग्यो

    ४ वर्ष पहिले

    कार्तिक १८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा ३ हजार १ सय १४ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ७६ रहेको छ ।
    पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४२ जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको छ
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप २० को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ । हाल क्वारेन्टिनमा १ हजार २ सय ७७ जना रहेको छ ।