× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २८२४ जना कोरोना भाइरस संक्रमित थपिए,थप २३ जनाको मृत्यु

    १५ कार्तिक २०७७, आईतवार

    १५ कार्तिक २०७७, आईतवार

    कार्तिक १६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय २४ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।
    २४ घण्टामा १३ हजार २३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १४ लाख ५६ हजार ३ सय ६६ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३० हजार ९ सय ८६ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ७ सय ७९ रहेको छ ।
    पछिल्लो २४ घण्टामा ३ हजार ६ सय २० जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७७.७ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप २३ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ ।
    हाल क्वारेन्टिनमा २ हजार ३ सय ८६ जना रहेको छ ।त्यस्तै आइसीयूमा अहिले २८३ जना र भेन्टिलेटरमा ७८ जनाको उपचार भईरहेको छ ।