× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • सुदूरपश्चिम

    दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

    ४ वर्ष पहिले

    कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ वनहरा नजिक मंगलबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का सख्त घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका–६, ऐठपुर बस्दै आएका ४२ वर्षका विष्णु ज्ञवाली छन् । गोदावरी नगरपालिका–१० का ३४ वर्षीय युवराज जोशी घाइते भएका हुन् । पश्चिमबाट पूर्व जाँदै गरेको लु.६०प. ७१४० नम्बरको मोटरसाइकलमा सवार जोशी र विपरीत दिशाबाट आउँदै गरेको ज्ञवालीले चलाएको म.१प. ९६२८ नम्बरको मोटरसाइल एकापसमा ठोक्किएका हुन् । गम्भीर घाइते भएका ज्ञवालीलाई उपचारका लागि महाकाली अस्पतालमा लगिएको र उनको त्यहीँ मृत्यु भएको हो । घाइते जोशीको शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि महाकाली अस्पताल महेन्द्रनगर पठाइएको छ । शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । घाइतेको अवस्था चिन्तामुक्त रहेको अस्पताल श्राेतले बताइएको छ।