× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज दशैको टिका १० बजेर १९ मिनेटमा शुभ साइत, टीका लगाइदिने पश्चिम र टीका थाप्ने पूर्व फर्कनुपर्ने

    ४ वर्ष पहिले

    कार्तिक १०, काठमाण्डौ । आज नेपाली मात्रको महान् चाड बडा दशैंको मुख्य दिन अर्थात विजयादशमी । आजको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ । किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए। सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिन्छ। तर बडा दशैं नेपालीहरूको साँस्कृतिक पर्वका रूपमा स्थापित हुदै आएको छ। बडा दशैं प्राय सबै नेपालीले विभिन्न तरिकाले मनाउने गरेका छन् । घटस्थापनाको दिनबाट विधिपूर्वक घर घरमा आह्वान गरी पूजाआराधना गरिने दुर्गादेवीलाई आजकै दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ। आज टीकाको शुभ साइत विहान १०ः१९ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । टीका लगाउनु अघि देवी विर्सजनको साइत विहान १०ः११ मा रहेको जानकारी पनि गौतमले दिए ।देवी विसर्जनका लागि बिहान १० बजेर ११ मिनेटको समय उत्तम रहेको धर्मशास्त्रविद एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। टीका प्रसाद ग्रहण गर्नका लागि भने १० बजेर १९ मिनेटको साइत उत्तम रहेको अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताएका छन्। आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले सुनाए।  १० बजेर १९ मिनेटमा टीका शुरु भएपछि पूर्णीमा नसिकएसम्म मान्यजनका हातबाट टिका, जमरा तथा आशिर्वाद थाप्ने क्रम जारी रहनेछ।