× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपीएलमा मुम्बईले दिल्लीलाई हराउँदै शीर्ष स्थानमा उक्लियो

    ४ वर्ष पहिले

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राती सम्पन्न शेख जायद स्टेडियम आबूधाबीमा भएको खेलमा मुम्बईले दिल्लीलाई ५ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लन सफल भयो ।
    टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षति १ सय ६२ रन बनाएको थियो । दिल्लीका ओपनर शिखर धवन ५२ बलमा ६ चौका र १ छक्का सहित ६९ रनमा अविजित रहेका थिए ।
    त्यस्तै श्रेयस ऐरले ४२ रन बनाए । बलिङतर्फ मुम्बईका लागि कुनाल पान्डेले दुई विकेट लिए ।
    जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।मुम्बईका लागि क्विन्टन डी ककले ५३ र सूर्यकुमार यादव ५३ रन बनाएका थिए ।
    बलिङतर्फ दिल्लीका लागि कागिसो रबाडाले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिस, अक्षर पटेल र रविचन्द्रन आश्विनले एक\ एक विकेट लिए ।
    यो जितसँगै मुम्बई ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीको पनि ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकनै भएपनि नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ । कोलकाता ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ ।