× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपीएलमा राजस्थानले हैदराबादलाई हरायो

    ४ वर्ष पहिले

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आईतबार सम्पन्न भएको खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको छ ।
    टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५८ रन बनायो । हैदराबादका मनिष पान्डेले ४४ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ५४ रनको योगदान दिए ।डेभिड वार्नर ४८ बनाएर आउट भए । केन विलियम्सन १२ बलमा २ छक्का सहित २२ रनमा अविजित रहे । युवा ब्याट्सम्यान प्रियम गर्ग १५ रन बनाएर रन आउट भए ।
    बलिङतर्फ राजस्थानका लागि कार्तिक त्यागी, जोफ्रा आर्चर र जयदेव उनादकटले समान एक–एक विकेट लिए ।
    हैदराबादले जितका लागि दिएको १५९ रनको लक्ष्य पछ्याएको राजस्थानले एक बल अगाडि ५ विकेटको क्षतिमा पूरा गर्यो ।राजस्थानको जितमा नायक बनेका पराग २६ बलमा २ चौका र २ छक्का सहित ४२ रनमा अविजित रहे । त्यस्तै राजस्थानको जितमा हिरो बनेका टेवाटिया २८ बलमा ४ चौका र २ छक्का सहित ४५ रनमा अविजित रहे ।त्यस्तै कप्तान स्टिभ स्मिथ ५, बेन स्टोक्स ५, जोनी बेयरस्टो १६, रोविन उथप्पा १८ र सन्जु स्यामसनले २६ रन बनाए ।
    बलिङतर्फ हैदरावादका लागि रशिद खान र कहेल अहमेदले समान २\२ विकेट लिए ।

    यो सँगै राजस्थान ७ खेलमा ३ मा जित र ४ मा हार सहित छैटौं स्थानमा उक्लिएको छ । हैदराबाद ७ खेलमा ३ मा जित र ४ मा हार सहित पाँचौ स्थानमा छ ।