× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपीएलमा बैंगलोरले चेन्‍नइलाई ३७ रनले हरायो

    ४ वर्ष पहिले

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा शनिबार राती सम्पन्न भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्‍नइ सुपर किङ्सलाई ३७ रनले पराजित गरेको छ ।
    टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले उत्कृष्ट पारी खेले ।
    ५१ बल खेलेका उनले ४ चौका र ४ छक्काको सहयोगमा नट आउट ९० रनको पारी खेले । त्यस्तै देवदत्त पाडिकलले ३३ रन जोड्दा शिभम् डुबेले २२ रन बनाए ।
    बलिङतर्फ चेन्‍नइका लागि सार्दुल ठाकुरले दुई विकेट लिए । त्यस्तै दीपक चहार र श्याम करनले समान एक–एक विकेट लिए ।
    बैंगलोरले चेन्‍नइलाई जितका लागि दिएको १७० रनको लक्ष्य पछ्याएको चेन्‍नइले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनायो ।चेन्‍नइका लागि अंबाती रायडुले सर्वाधिक ४२ रनको पारी खेले ।
    त्यस्तै नारायन गजादेशनले ३३ रन जोडे । बलिङतर्फ बैंगलोरका क्रिस मोरिसले सर्वाधिक तीन विकेट लिए । त्यस्तै वासिन्टन सुन्दरले दुई विकेट लिए । त्यस्तै युजेभिन्द्र चहाल र इस्रु उडानले समान एक–एक विकेट लिए ।
    आजको जितसँगै बैंगलोरले ६ खेलबाट ८ अंक जोडेर बैंगलोर तालिकाको चौथो स्थानमा रहेको छ । यता ७ खेल ५ खेल हारेका चेन्‍नइ ४ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।

    आइपिएलअन्तर्गत आज दुई खेल हुने छन् । आज पहिल खेल सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच हुने छ भने दोस्रो खेल मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच हुने छ ।