× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपीएलमा बैंगलोरले चेन्‍नइलाई ३७ रनले हरायो

    २४ आश्विन २०७७, आईतवार

    २४ आश्विन २०७७, आईतवार

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा शनिबार राती सम्पन्न भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्‍नइ सुपर किङ्सलाई ३७ रनले पराजित गरेको छ ।
    टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले उत्कृष्ट पारी खेले ।
    ५१ बल खेलेका उनले ४ चौका र ४ छक्काको सहयोगमा नट आउट ९० रनको पारी खेले । त्यस्तै देवदत्त पाडिकलले ३३ रन जोड्दा शिभम् डुबेले २२ रन बनाए ।
    बलिङतर्फ चेन्‍नइका लागि सार्दुल ठाकुरले दुई विकेट लिए । त्यस्तै दीपक चहार र श्याम करनले समान एक–एक विकेट लिए ।
    बैंगलोरले चेन्‍नइलाई जितका लागि दिएको १७० रनको लक्ष्य पछ्याएको चेन्‍नइले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनायो ।चेन्‍नइका लागि अंबाती रायडुले सर्वाधिक ४२ रनको पारी खेले ।
    त्यस्तै नारायन गजादेशनले ३३ रन जोडे । बलिङतर्फ बैंगलोरका क्रिस मोरिसले सर्वाधिक तीन विकेट लिए । त्यस्तै वासिन्टन सुन्दरले दुई विकेट लिए । त्यस्तै युजेभिन्द्र चहाल र इस्रु उडानले समान एक–एक विकेट लिए ।
    आजको जितसँगै बैंगलोरले ६ खेलबाट ८ अंक जोडेर बैंगलोर तालिकाको चौथो स्थानमा रहेको छ । यता ७ खेल ५ खेल हारेका चेन्‍नइ ४ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।

    आइपिएलअन्तर्गत आज दुई खेल हुने छन् । आज पहिल खेल सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच हुने छ भने दोस्रो खेल मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच हुने छ ।