× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    पोल्यान्डकी १९ वर्षीया किशोरी इगा स्वियाटेकलाई फ्रेन्च ओपनको उपाधि

    ४ वर्ष पहिले

    यस वर्षको महिला फ्रेन्च ओपन ग्रान्डस्लाम टेनिसको उपाधि पोल्यान्डकी इगा स्वियाटेकले जितेकी छन् ।
    आज भएको फाइनल खेलमा पोल्यान्डकी १९ वर्षीया इगाले अमेरिकाकी चौंथो वरियताकी सोफिया केनिनलाई ६–४ र ६–१ को सोझो सेटमा हराइन्।
    यसअघि तीनपटक ग्रान्डस्लाम प्रतियोगिता खेलेकी यी पोलिस खेलाडी कुनैमा पनि चौथो चरणभन्दा अगाडि बढ्न सकेकी थिइनन्।
    प्रतियोगितामा वरियताविहिन स्वेटेकले उपाधिका दाबेदार हस्ती खेलाडीहरुलाई पराजित गर्दै शुरु देखि नै धेरैलाई आश्चर्यचकित पारेकी थिइन् ।