× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    लुम्बिनी प्रदेशका सभामुख तथा आन्तरिक मामिला तथा कानूनमन्त्रीलाई कोरोना संक्रमण

    ४ वर्ष पहिले

    लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती तथा आन्तरिक मामिला तथा कानूनमन्त्री कुल प्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
    रुघाखोकी लागेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्टमा गरिएको परिक्षणमा सभामुख पूर्णबहादुर घर्ती कोरोना पोजेटिभ देखिएको प्रदेश सभाका सचिव दुर्भल कुमार पुन मगरले बताए ।
    यस्तै शुक्रबार बिहान नै लुम्बिनी प्रदेशका आन्तिरक मामिला तथा कानूनमन्त्री मन्त्री कुलप्रसाद केसीलाई पनि कोरोना संक्रमण भएको थियो ।सामान्य रुघाखोकी लागेपछि शुक्रबार उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो।हाल स्वास्थ्यावस्था सामान्य रहेको मन्त्रीका स्वकीय सचिव पवन कुँवरले जानकारी दिए।
    कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सभामुख घर्ती र मन्त्री केसी दुवै होम आइसोलेसनमा बसेका छन् ।
    सभामुख घर्ती र मन्त्री केसी मंगलबार मात्रै प्रदेश सभा बैठकमा सहभागी भएका थिए । उनीहरु संक्रमण भएपछि अन्य प्रदेशसभा सदस्यहरुको पनि पिसिआर परिक्षण गर्ने क्रम शुरु भएको छ ।