× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा १५५१ जना कोरोना भाइरस संक्रमित थपिए,थप ९ जनाको मृत्यु

    ४ वर्ष पहिले

    असोज २०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ जना संक्रमित थपिएका हुन् ।
    २४ घण्टामा ११ हजार ४७ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख ९९ हजार २ सय ७६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।
    हालसम्म संक्रमित हुनेको संख्या ९० हजार ८ सय १४ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको छ ।संक्रमितमध्ये ९ हजार १ सय १८ संस्थागत आइसोलेसनमा छन् भने १३ हजार ५ सय ११ जना होम आइसोलेसनमा रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४० जना निको भएका छन् । कुल निको हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ९ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ ।
    हाल क्वारेन्टिनमा ४ हजार २ सय २१ जना रहेको छ । त्यसैगरी आईसीयूमा २४३ र भेन्टिलेटरमा ४० जनाको उपचार भइरहेको छ।