× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव दुई तिहाइले बहुमतले पारित

    ४ वर्ष पहिले

    प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पारित भएको छ।

    मंगलबार प्रदेशसभामा भएको मतदानमा दाङको भालुवाङलाई प्रदेश राजधानी बनाउने प्रस्ताव दुई तिहाईले पारित भएको हो । प्रस्तावको पक्षमा ६९ र विपक्षमा १३ मत परेको थियो ।
    कांग्रेसका १९ सांसदमध्ये ५ जनाले दाङको पक्षमा मतदान गरेका थिए भने १३ जनाले विपक्षमा मतदान गरे ।
    गत शुक्रबार प्रदेश नम्बर ५ सरकारले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको थियो । प्रदेश सभाका ८७ जना सांसद मध्ये ८२ जनाले मतदान गरेका थिए।