× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    ट्रम्प निको नहुँदै अस्पतालबाट डिस्चार्ज भए

    ४ वर्ष पहिले

    कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनसम्म अस्पतालमा बिताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निवास मै फर्किएका छन् । उनको उपचार अब विशेष निगरानीमा ह्वाइटहाउसमा नै हुनेछ ।
    वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरबाट विदा हुँदै गर्दा ट्रम्पले छिट्टै राष्ट्रपति पदको चुनाव प्रचार सुरु गर्ने बताए । उनले ट्वीट गरेर कोरोना भाइरसबाट नडराउन र यसबाट आफ्नो जीवनलाई प्रभावित वा दब्न नदिन पनि आफ्ना समर्थकलाई भनेका छन् ।
    ट्रम्प अस्पतालबाट डिस्चार्ज भए पनि उनको उपचार भने जारी रहेको छ । ह्वाइट हाउसमा उनको नजिक रहेका कम्तीमा १२ जनामा अहिलेसम्म संक्रमण पुष्टि भएको छ । तर ह्वाइट हाउसले कति जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ भन्ने अहिलेसम्म खुलाएको छैन ।
    अमेरिकी राष्ट्रपति चुनाव सुरु हुनु अघि गरिएका मत सर्भेक्षणमा ट्रम्प भन्दा उनका प्रतिस्पर्धी जो बाइडेन लोकप्रिय रहेको देखाइएको छ, जसलाई ट्रम्पले गलत बताउँदै आएका छन् ।