× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा २४४० जना कोरोना भाइरस संक्रमित थपिए,थप १९ जनाको मृत्यु

    ४ वर्ष पहिले

    असोज १९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४० जना संक्रमित थपिएका हुन् ।
    २४ घण्टामा १३ हजार ७ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख ८८ हजार २ सय २९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।
    हालसम्म संक्रमित हुनेको संख्या ८९ हजार २ सय ६३ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ रहेको छ ।संक्रमितमध्ये ११ हजार १ सय १९ संस्थागत आइसोलेसनमा छन् भने १२ हजार ३ सय १६ जना होम आइसोलेसनमा रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६५ हजार २ सय २ पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १९ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ ।
    हाल क्वारेन्टिनमा ४ हजार ३३ जना रहेको छ । त्यसैगरी आईसीयूमा २४४ र भेन्टिलेटरमा ४३ जनाको उपचार भइरहेको छ।