× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अन्तःशुल्क कम भएपछि कति घट्ला इलेक्ट्रीक कारको मूल्य ?

    ४ वर्ष पहिले

    काठमाडौं । बिहिबार बसेको मन्त्रीपरिषद्को बैंठकले बिद्युतीय कारमा चालु आर्थिक वर्षबाट बढाइएको कर मध्ये अन्तःशुल्कमा केही छुट दिने घोषणासँगै विद्युतीय कारको मूल्य केही कम हुने भएको छ ।

    नयाँ व्यवस्था अनुसार भन्सार शुल्कमा कुनै परिवर्तन गरिएको छैन । सबै किसिमका बिद्युतीय कारमा ४० प्रतिशत भन्सार शुल्क लाग्ने छ भने अन्तःशुल्क कारको मोटर क्षमताका आधारमा लगाइएकाले यसमा भने परिमार्जन हुने छ ।

    यसअघि ५० किलोबाट क्षमतासम्मका कारमा लगाइएको ३० प्रतिशत अन्तःशुल्कमा मन्त्रीपरिषद्ले ८० प्रतिशत छुट दिने घोषणा गरेको छ । सरकारको निर्णयपछि ५० किलोवाट क्षमताका कारमा ६ प्रतिशत मात्रै अन्तःशुल्क लागने छ ।

    त्यसैगरि ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताको मोटर भएका कारमा ४० प्रतिशत अन्तःशुल्क लाग्नेमा अब नयाँ निर्णय अनुसार ७५ प्रतिशत अन्तःशुल्कमा छुट दिने घोषणा भएको छ । उक्त छुट अनुसार अब १० प्रतिशत अन्तःशुल्क लाग्ने छ ।

    १०१ किलोवाटदेखि १५० किलोवाट क्षमता कारमा ५० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा अहिले दिइएको ७० प्रतिशत छुटले हिसाव गर्दा अब १५ प्रतिशत मात्रै लाग्ने छ ।

    यी भन्दा माथीका क्षमता भएका कारमा भने खासै धेरै छुट उपलब्ध छैन भने नियमित बिक्रीको लागि गाडी पनि नेपाल आएका छैनन् ।

    अब हेरौ नयाँ मूल्य कति पर्ला

    सरकारले विद्युतीय गाडीमा कर बढाएपछि कुनै पनि कम्पनीले भन्सार छुटाएर गाडी ल्याएका छैनन् भने पुरानो गाडी पहिलेकै मूल्यमा बिक्री गरेर सकेका छन् । यस्तोमा हामीले नयाँ गाडीको मूल्य निर्धारणमा कति फरक आउँछ भन्ने विषयलाई यहाँ उल्लेख गरियकाे छ । उदाहरणमा देखाएको गाडीमा ५० किलोवाट क्षमता मुनीको कार हो । जसमा नयाँ व्यवस्था अनुसार ६ प्रतिशत मात्रै अन्तःशुल्क लाग्ने छ । यसअघि यस्तो कर ३० प्रतिशत लाग्ने थियो ।

    माथिको टेवलमा कुनैपनि आयातकर्ता कम्पनीले १० लाख भन्सार मूल्य निर्धारण गरेेर ल्याएको गाडीमा लाग्ने करलाई देखाएका छैैन ।

    बजेट लगत्तै लागेको कर र अहिले अन्तःशुल्कमा दिइएको छुटलाई आधार मान्दा बिद्युतीय कारको मूल्यमा केही परिवर्तन आउने देखिएको छ । भन्सार दरमा कुनै परिमार्जन गरिएको छैन । नयाँ व्यवस्था अनुसार १० लाखको गाडीमा करिब ३ लाख ३६ हजार रुपैयाँले अन्तःशुल्क कम लाग्ने छ । अन्तःशुल्क कम भएसँगै गाडीमा लाग्ने भ्याट रकमपनि कम हुन्छ । यसअघि १० लाखको गाडीमा भन्सार र अन्तःशुल्क जोडिएपछिको मूल्यमा २ लाख ३६ हजार ६०० रुपैयाँ भ्याट तिर्नु पथ्र्यो भने अब १ लाख ९२ हजार ९२० रुपैयाँ भ्याट तिर्नु पर्ने हुन्छ । यसरी हेर्दा भ्याट वापत लाग्ने ४३ हजार ६८० रुपैयाँ कम हुने छ ।

    सडक निर्माण दस्तुरमा पनि केही कमी हुने छ । पहिलेको व्यवस्था अनुसार भ्याटपछिको मूल्यमा ५ प्रतिशत सडक निर्माण दस्तुर लाग्ने हुँदा १ लाख २ हजार ८३० रुपैयाँ तिर्नु पथ्र्यो । अन्तःशुल्क घट्दा सडक निर्माण दस्तुर पनि १८ हजार ९८४ रुपैयाँ कम लाग्ने छ ।

    यसरी गर्छन् आयातकर्ताले मूल्य निर्धारण

    माथी उल्लेखित सबै रकम गाडी आयातकर्ता कम्पनीले तिर्नु पर्ने रकम हो । जसमा १० लाख मूल्यमा किनेर ल्याएको गाडीमा सरकारले ७ लाख ६० हजार ७३७ रुपैयाँ कर बापत लिने छ । त्यसपछि गाडीको मूल्य १७ लाख ६० हजार ७३७ रुपैयाँ पुग्ने छ ।

    त्यसमा कम्पनीले आफ्नो विभिन्न खर्चहरु जस्तै ढुवानी, प्रशासनिक, विज्ञापन, दार्ता शुल्क, गाडी नेपाल ल्याएर राख्दा लाग्ने व्याज लगायतका खर्च आँकलन गरेर बिक्रेताले मूल्य निर्धारण गर्छन् ।

    Source : meroauto