× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    रोमाञ्चक खेलमा राजस्थान रोयल्सले किंग्स इलेभेनलाई हरायो

    ११ आश्विन २०७७, सोमबार

    ११ आश्विन २०७७, सोमबार

    इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को नवौं खेलमा किंग्स इलेभेनविरुद्ध राजस्थान रोयल्सले रोमान्चक जित निकालेको छ । राहुल टेवाटियाको अविश्वसनीय ब्याटिङ प्रदर्शनमा आइतबार राती राजस्थानले किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गर्दै कीर्तिमान रचेको हो । निर्धारित २० ओभरमा पञ्जाबले मात्र २ विकेट गुमाएर बनाएको २२३ रनको लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा भेटाएको थियो ।


    आईतबार राती शारजाह क्रिकेट स्टेडियममा टस टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २ सय २३ रन बनाएको थियो । पञ्जाबका लागि ओपनरद्वय लोकेश रावल र मयंका अग्रवालले ठोस सुरुवात गरेका थिए । कप्तान रावलले ५४ बलमा ६९ रन बनाएका थिए भने अग्रवालले ७ छक्का र १० चौकाको सहयोगमा ५० बलमा १०६ रन रनको योगदान दिए । त्यसपछि ग्लेन म्याक्सवेलले १३ र निकोलस पुरनले २५ रन बनाउँदा राजस्थानविरुद्ध चुनौतिको विशाल पहाड खडा भयो ।


    राजस्थानका टम करनले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । अंकित राजपूतले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा ४६ रन खर्चेपनि विकेट लिन सकेनन् ।

    २२४ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । आइपिएल इतिहासमा कुनैपनि टोलीले सफलतापूर्वक पछ्याएको यो सर्वाधिक ठूलो योगफल हो । राजस्थान रोयल्सको जितमा सञ्जु सामसुङ र राहुल टेवाटियाले विस्फोटक ब्याटिङ गरेरका थिए सञ्जुले ४२ बलमा ७ छक्का र ४ चौकाको सहयोगमा ८५ रन र राहुल टेवाटिया ३१ बलमा ७ छक्का सहित ५३ रनको महत्त्वपूर्ण योगदान दिए ।

    पञ्जाबका जेम्श निशमले ४ ओभरमा ४० रन खर्चेर १ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ५३ रन खर्चेर ३ विकेट लिए । शेल्डन कटरेलले ३ ओभरमा ५२ रन खर्चेर १ विकेट लिए ।

    सोमबार साँझको खेल रोयल च्यालेन्जर बंगलोर र मुम्बइ इण्डियन्सबीच हुनेछ ।