× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौं उपत्यका, चितवन, मोरङ र सुर्खेत कोरोना भाइरस संक्रमणको उच्च जोखिम क्षेत्र

    ४ वर्ष पहिले

    सरकारले काठमाडौं उपत्यका, चितवन, मोरङ र सुर्खेतमा कोरोना भाइरस को उच्च संक्रमण रहेको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणको जोखिम उच्च भएकाले सचेत रहन आग्रह गरे।
    उनीले ती ठाउँमा संक्रमणको जोखिम उच्च रहेको भन्दै ६० वर्ष पुगेका, रक्तचाप, मधुमेहका विरामी, क्यान्सर र मृगौला रोगीहरूलाई घरबाहिर ननिस्कन आइतबार अनुरोध गरेका हुन्।
    त्यस्ता व्यक्तिहरू घर बाहिर निस्कन परेको अवस्थामा अनिवार्य मास्कको प्रयोग गर्न मन्त्रालयले भनेको छ। साथै दुई मिटरको दूरी कायम गर्न र कामबाट फर्केपछि साबुन पानीले हात धुन मन्त्रालयको सुझाव छ।

    पछिल्लो समय उपत्यका लगायत बढी जनघनत्व भएको सहरहरूमा संक्रमण दर बढेको देखिएको छ। दैनिक थपिने संख्यामा आधाभन्दा धेरै काठमाडौं उपत्यकाका मात्रै रहेका छन्।