× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    खेल सकिएको संकेत पछि प्राप्त पेनाल्टीको मदतमा म्यानचेस्टर विजयी

    ४ वर्ष पहिले

    इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको ब्राइटन तथा म्यानचेस्टर युनाटेडबीचको खेल निकै नाटकीय ढङ्गले समाप्त भएको छ । यो खेलमा म्यानचेस्टर युनाइटेडले ३–२ को जित हात पारेको छ ।
    खेल २–२ को बराबरीमा सकिएको भन्दै रेफ्रीले सिठ्ठी फुकेपनि अन्तिम समयमा पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल भएको निर्णय रेफ्रीले भीएआरमार्फत लिएपछि पेनाल्टी दिइएको थियो । उक्त पेनाल्टीमा ब्रुनो फर्नान्डेसले कुनै गल्ति गरेनन् । ब्रुनोको गोलसँगै युनाइटेड प्रिमियर लिगमा सिजनको पहिलो जित हासिल गर्न सफल भएको थियो ।
    ब्राइटनको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता घरेलु टोलीले लिएको थियो । उसका लागि नेल मउपेले ४० औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । डिबक्स भित्र तारिक लामपटेलाई ब्रुनो फर्नान्डेजले लडाएपछि ब्राइटनले पेनाल्टीको अवसर पाएको थियो ।

    म्यानचेस्टरले लुइस डुन्काको गोल मार्फत खेलमा फर्किएको थियो । ५५औं मिनेटमा मार्कस रासफोर्टले ब्रुनो फर्नान्डेजका पासलाई सदुपयोग गर्दै म्याचेस्टरलाई अग्रता दिलाएका थिए । सोलोमन मार्चले थप गरिएको समयमा गोल गर्दै ब्राइटनलाई बराबरीमा ल्याए । अन्तिम समयमा प्राप्त पेनाल्टीमा ब्रुनोको गोलसँगै म्यानचेस्टर युनाइटेडले संघर्षमय जित दर्ता गर्न सफल रह्यो ।