× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा ११५४ जना कोरोना भाइरस संक्रमित थपिए

    ४ वर्ष पहिले

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १ सय ५४ जना संक्रमित थपिएका हुन् ।२४ घण्टामा ९ हजार ५ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ९ लाख २३ सय हजार ८ सय २३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
    हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ६१ रहेको छ ।जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९ सय ७१ र होम आइसोलेशनमा ८ हजार ६ सय ९० जना रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ४७ हजार २ सय ३७ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १६ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ ।