× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    क्यानडामा डेढ महिनाभित्र तीन नेपालीको निधन

    ४ वर्ष पहिले

    असोज ४, २०७७ बस्टन (अमेरिका) : क्यानडामा बितेका डेढ महिनाभित्र तीन नेपालीको मृत्यु भएको छ। राजधानी अटोवा निवासी मान्भी श्रीवास्तव विष्टको आइतबार (सेप्टेम्बर १३) मा निधन भएको छ। लिस्‍नोबाट लड्दा चोट लागेकी मान्भीको आइतबार निधन भएको हो। ५० वर्षीया विष्टका श्रीमान् र दुई छोरी छन्। क्यानडाको नेपाली समुदायले डेढ महिनाभित्र आफ्ना तीन सदस्य गुमाएको छ। यसअघि अगस्त २७ मा ओटवामा बस्ने जगन्नाथ र उर्मिला ओझाका छोरा सौगातको २९ वर्षको उमेरमा निधन भएको थियो। बाथरूममा पानी सर्केर उनको निधन भएको थियो। यस्तै क्यानडाको टोरन्टो-इटोविकोकमा अगस्त ११ मा भएको सवारी दुर्घटनामा ३ वर्षीय बालक रायन भट्टराईको निधन भएको थियो। रायन इटोविकोकमा आफ्ना बुबा रमेश र आमा सविना पाठकका साथ सहोदर दिदी तारासँग बस्दै आएका थिए। बाटो काट्दा उक्त दुर्घटना भएको थियो।