४ वर्ष पहिले
१ असोज, काठमाडौं । भन्सार विभागबाट चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा करिब ४८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । विभागका अनुसार साउन महिनाको तुलनामा भदौ महिनामा राजस्व असुली केही वृद्धि भएको छ ।
साउनसम्मको असुली २२ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । भदौमा भने २४ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ भन्सार राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।
विभागले भदौ महिनासम्म २२ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । भन्सारले मूल्यअभिवृद्धि करतर्फ १९ अर्ब १५ करोड ६९ लाख रुपैयाँ संकलन भएको छ ।
अन्तःशूल्कमा भने संकलन ४ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ संकलन भएको भन्सार विभागले जनाएको छ । सडक सुधार शूल्कतर्फ ५० करोड ७७ लाख र सडक निर्माण दस्तुर ९२ करोड १ लाख रुपैयाँ संकलन भएको विभागको तथ्यांक रहेको छ ।
भन्सार विभागको राजस्व संकलनको लक्ष्य अनुसारको प्रगति भने ९४.३३ प्रतिशत रहेको छ । यो अवधिमा विभागलाई सरकारले ५० अर्ब ७१ करोड ६ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो ।