× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पहिरोको कारण अबरुद्ध मुग्लिन नारायणगढ सडक खण्ड दुइ तर्फी खुल्यो ।

    ४ वर्ष पहिले

    आश्विन १, चितवन ।
    मुगि्लन नारायणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना–६, चारकिलो र पाचकिलोमा विहान खसेको पहिरो हटाइ दुइतर्फी यातायात सञ्चालन भएको छ । गएराति परेको पानीका कारण मुगि्लन नारायणगढ सडक विहानै देखि अबरुद्ध बनेको थियो । सडक डिभिजन कार्यालय भरतपुरको १ वटा लोडर प्रयोग गरी करिब ८ घण्टा पछि दुवै तर्फ यातायात सञ्चालन हुने गरी राजमार्ग सञ्चालनमा आएको हो । सामान्य वर्षा हुँदा पनि उक्त ठाउँहरुमा पहिरो खस्ने भएकोले पछिल्लो केही दिन देखि राजमार्ग अबरुद्ध हुदै आएको छ । अहिले पनि समान्य वर्षा भइरहको कारण माथिबाट पहिरो खस्ने सम्भावना रहेको हुँदा हाइवेको जानकारी लिएर मात्र सडकको प्रयोग गर्नको लागि लागि ट्राफिक प्रहरी कार्यालय मुगि्लनले आग्ह गरेका छन् ।