× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा निषेधाज्ञा केही खुकुलो पारियो

    ४ वर्ष पहिले

    जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञा आज सकिदैछ । भोलि मिति २०७७ \६ \१ गते देखि लागु हुनेगरि केहि परिमार्जन सहित २०७७ \६ \७ गते राती १२:00 बजे सम्मको लागी निषेधाज्ञा जारी गरेको छ ।

    सरकारले गरेको निर्णय अनुसार नै चितवनमा भोलि देखि छोटो तथा लामो दुरीका सार्वजनिक सवारी साधनहरु जोर बिजोर प्रणालीमा संचालन हुँदैछन् । यसका लागि जिल्ला प्रशासन कार्यालय चितवनले तयार पारेको मापदण्ड पालना गरेर मात्रै यातायात संचालन पाइने भएको छ।


    तरकारी, फलफुल र खाधान्न पसलहरू बिहान ६:00 बजे देखि बेलुका ५:00 बजे सम्म खोल्न पाइने छ भने अन्य पसलहरू बिहान १०:00 बजे देखि बेलुका ५:00 बजे सम्म खोल्न पाइने छ ।

    सूचना अनुसार शैक्षिक संस्थाले अनलाइन कक्षा मात्र सञ्चालन गर्न पाइनेछ भने पर्यटकहरू बस्ने होटलहरूमा पर्यटन बोर्डले तोकेको मापदण्ड अनुसार पाहुना राख्न पाउने व्यवस्था मिलाइएको छ ।


    आइसोलेसन सेन्टर र क्वारेन्टाइन प्रयोजनका होटलहरु र टेक अवे सञ्चालन गर्न रेस्टुरेन्ट बाहेकका होटल तथा रेस्टुरेन्ट संचालन गर्न रोक लगाईएको छ ।


    चितवनमा कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले परिवर्तित आदेश जारी गरिएको सुचनामा जनाईएको छ ।