× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    किम कार्दशियन वेस्ट द्वारा सामाजिक सञ्जाल बहिष्कार अभियानमा ऐक्यवद्धता

    ४ वर्ष पहिले

    किम कार्दशियन वेस्ट लगायत हलिउडका सेलिब्रेटीहरुले घृणा तथा द्वेष फैलाउने खालका प्रोपोगाण्डा र गलत सूचनाहरु फैलिएको विरोधमा सामाजिक सञ्जाल अकाउंट फ्रिज गर्ने अभियान सुरु गरेको छन् ।
    यो कदम #StopHateforProfit अभियानको हिस्सा हो जुन नागरिक अधिकारकर्मीहरूले आयोजना गरेको थियो।सेलिब्रेटीहरुले बुधबार २४ घण्टाका लागि आफ्ना सामाजिक सञ्जालहरु बन्द गर्ने छन् ।
    सामाजिक सञ्जाल बहिष्कार गर्ने अभियानमा सामेल हुनेहरुमा किम कार्दशियन वेस्ट सहित अभिनेता डिक्याप्रियो, साचा बारोन कोहेन, जेनिफर लरेन्स, गायिका केटी पेरी रहेका छन् ।
    “सामाजिक सञ्जालमा आउने गलत सूचनाले गम्भीर असर पार्छ” कार्दशियन वेस्टले मंगलबार एक विज्ञप्तिमा निकालिन। “सामाजिक सञ्जालमा गलत सूचनाले हाम्रो चुनावमा गम्भीर प्रभाव पार्छ र यसले हाम्रो लोकतन्त्रलाई कमजोर पार्छ”, उनले थपे।

    गएको जुनमा घोषणा गरिएको  #StopHateforProfit अभियानका आयोजकले फेसबुक र इन्स्टाग्रामले घृणा फैलाउने खालका सामाग्री तथा गलत सूचनाहरु नियन्त्रण गर्नका लागि पर्याप्त काम नगरेको आरोप लगाएका छन् ।

    अभियान विशेष गरी फेसबुकमा केन्द्रित छ, जसको स्वामित्वमा इन्स्टाग्राम र ह्वाट्सएप पनि छ । गएको वर्ष यी सामाजिक सञ्जालले विज्ञापनदाता मार्फत झण्डै ७० अर्ब अमेरिकी डलर बराबरको आय गरेका थिए ।

    अभियानमा हजारौँ व्यवसाय र नागरिक अधिकारको पक्षमा वकालत गर्ने प्रमुख समूह तथा संस्थाहरु सहभागी भएका छन् ।

    फेसबुकले प्रजातन्त्रमाथि नै गम्भीर असर पार्ने खालका गलत सूचना र घृणायुक्त सामग्रीहरु नियन्त्रणका लागि काम नगरेकाले अभियान सुरु गर्नु परेको अभियन्ताले बताएका छन् ।