× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पहिरोको कारण अबरुद्ध बनेको मुग्लिन नारायणगढ सडक एक तर्फी खुल्यो ।

    ४ वर्ष पहिले

    भाद्र ३१, चितवन ।
    मुगि्लन नारायणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना–६, चारकिलोमा विहान खसेको पहिरो हटाइ एकतर्फी यातायात सञ्चालन भएको छ । गएराति परेको पानीका कारण हिजो खसेको ठाउमा लेदो बगेर सडकमा जम्मा भएपछि राजमार्ग अबरुद्ध भएको थियो । सडक डिभिजन कार्यालयउ भरतपुरको २ वटा लोडर प्रयोग गरी पहिरो हटाउने कार्य भइरहेको छ । थप पहिरो नखसे २ घण्टामा दुवै तर्फ राजमार्ग सञ्चालन गर्न सकिने ट्राफिक प्रहरी कार्यालय मुगि्लनका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिएका छन् । अहिले पनि सामान्य वर्षाभरहेको र पहिरो खस्ने सम्भावना भएको हुँदा जानकारी लिएर मात्र यात्रा गर्न उन्ले आग्रह गरेका छन् ।