× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चारकिलो पहिरो अपडेटः पहिरो हटाउन शुरु, दुईतर्फी खुलाउन ३ घण्टा लाग्ने ।

    ४ वर्ष पहिले

    भाद्र ३०, चितवन ।
    अविरल बर्षा संगै आएको पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अबरुद्ध भएको छ । चितवनको इच्छाकामना गा.पा. वडा नं. ६ चार किलोमा पहिरो खस्दा राजमार्ग अबरुद्ध भएको हो । हिजो दिउसो खसेको पहिरो हटाएर राजमार्ग सञ्चालन भएको केही समयपछि राति ११ बजे पुन माथिबाट पहिरो खसेको हो । वर्षा भइरहेको हुँदा राति पहिरो हटाउन जोखिम हुने भएपछि अहिले विहान ७ बजेबाट पहिरो हटाउने काम शुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका लोडर अपरेटर अमर गुरुङ्गले जानकारी दिनुभएको छ । थप माथिबाट पहिरो नझरेको ३ घण्टामा दुवै तर्फ राजमार्ग सञ्चालन गर्न सकिने ट्राफिक प्रहरी कार्यालय मुगि्लनका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले हाइवे खबरलाई जानकारी दिएका छन् ।