× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चट्याङ लागेर महोत्तरीमा एकजना मजदुरको मृत्यु

    ४ वर्ष पहिले

    २९ भदौ, जनकपुरधाम । महोत्तरीको बर्दिवास नगरपालिकामा चट्याङ लागेर एकजना मजदुरको मृत्यु भएको छ । भंगहा नगरपालिका-७ का ६० वर्षीय दुखा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बर्दिबास नगरपालिका-२ बस्ने सोबेन्द्र चौधरीको खेतमा काम गर्न गएका उनी वर्षा र हाबाहुरीका कारण प्रतिक्षालयमा ओत लागेर बसेका थिए । त्यसैबेला चट्याङले उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।