× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ट्रेकिङ गाइड बौद्धमा मृत भेटिए

    ४ वर्ष पहिले

    २८ भदौ, काठमाडौं । बौद्धको नयाँ पाटीस्थित एक घरमा ट्रेकिङ गाइड मृत अवस्थामा फेला परेका छन् ।

    गएराति साढे १२ बजे खोटाङ घर भई महांकाल छेउ आरुबारीमा डेरा गरी बस्दै आएका ४० वर्षीय पासाङ शेर्पा मृत भेटिएका हुन् ।

    महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नवीन कार्कीका अनुसार घटनामा सोधपुछका लागि एकजना महिलालाई नियन्त्रणमा लिइएको छ । घटनाबारे जानकारी पाएलगत्तै बौद्धको प्रहरी टोली महिलाको घरमा पुगेको थियो । त्यसक्रममा उनले शेर्पालाई उपचारका लागि लैजाने कोशिश गरिरहेको पाइएको थियो ।

    प्रहरीका अनुसार दुवै जना डिभोर्सी हुन् । विगतमा पनि दुवै जनालाई सँगै हिँडेको स्थानीयले देखेका थिए । शेर्पाको शरीरमा बाहिरी चोटपटक देखिएको छैन । मदिरा सेवन गरेपछि शेर्पाले वान्ता गरेकाले आफूले अस्पताल लैजाने प्रयास गरेको महिलाको भनाइ छ ।

    तर, घरबाट निकाल्ने वेलामै उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । शेर्पाको शवलाई अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । जसको रिपोर्ट आएपछि शेर्पाको मृत्युको कारणबारे खुल्नेछ । अनलाइन खबरमा खबर छ ।