× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा ८७ संक्रमित थपिए

    ४ वर्ष पहिले

    चितवन- चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले गरेको परीक्षणमा थप ८७ जनामा कोरोना पुष्टि भएको हो ।

    अस्पतालको कोभिड ल्याबकी प्रमुख डा.नितु अधिकारीले दिएको जानकारी अनुसार गएराति १२ बजेसम्म गरिएको ५३३ नमुना परीक्षणमा ८७ नमुना पोजेटिभ देखिएको छ ।

    नयाँ संक्रमितहरु सबै चितवन जिल्लाका छन् । जसमध्ये भरतपुर महानगरको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ९, १०, ११, १२ र १५ का २३ महिला र ५० पुरुष रहेका छन् । उनीहरुको भरतपुर अस्पताल र पुरानो मेडिकलको क्वारेन्टिनबाट स्वाब संकलन गरिएको थियो ।

    त्यस्तै रत्ननगरको वडा नम्बर १३ र १५ का २ महिला रहेका छन् भने खैरहनी-१ का २ पुरुष र २ महिला छन् ।

    त्यसैगरी कालिका नगरपालिका वडा नम्बर २, ७ र ८ का ६ जना पुरुष र २ महिला गरी ८ जना छन् । उनीहरुको स्वाब क्वारेन्टिइनबाट लिइएको अस्पतालले जनाएको छ ।